मलेसिया रोजगारी नखुलाए धर्ना बस्ने व्यवसायीको चेतावनी

काठमाडौं, ५ असार । म्यानपावर व्यवसायीहरुले मलेसियाको रोजगारी एकसाता भित्र खुला नगरे धर्ना बस्ने चेतावनी दिएका छन् ।

असार १२ गतेसम्मको अल्टीमेटम दिँदै व्यवसायीले नेपाल र मलेसियाबीच सम्झौता भएको ८ महिना बितिसक्दा पनि रोजगारी खुलाउन सरकारले पहल नगर्नु दुखदः रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।

१२ असार भित्र मलेसियामा रोजगारीका लागि श्रम स्वीकृति सूचारु नगरे बैदेशिक रोजगार विभागको कार्यालय अगाडी धर्ना बस्ने व्यवसायीको चेतावनी रहेको छ । यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयमः सरकार हुने व्यवसायीको भनाई छ ।

श्रम मन्त्रालयले मलेसियामा रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्रम, आएएससी, ओएससीजस्ता संस्थालाई कारवाहीको दायरामा ल्याएपछि अघिल्लो जेठयता मलेसिया रोजगारी बन्द अवस्थामा छ ।

नेपाल र मलेसियाबीच १२ कात्तिकमा श्रम सम्झौता भएपनि औपचारिक रुपमा मलेसिया रोजगारी खुल्न सकेको छैन । नयाँ समmझदारी अनुसार अब मलेसियामा जान कामदारले पैसा तिर्नु पर्दैन ।

मलेसिया बन्द भएपछि अहिले बैदेशिक रोजगारीमा जाने यूवाको संख्या पनि घट्दो क्रममा छ । संख्याका हिसावले मलेसिया सर्वाधिक नेपाली कामदार पुगेको मुलुक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here