आर्थिक वर्षको २२ दिनमा निक्षेप ६१ अर्बले घट्यो, कर्जा प्रवाह ११ अर्ब

काठमाडौं, २६ साउन । चालू आर्थिक वर्षको पहिलो महिनाको तीन सातामा वाणिज्य बैंकहरुको निक्षेप ६१ अर्ब रुपैयाँले घटेको छ । कर्जा प्रवाह ११ अर्बले बढेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप साउन २२ गतेसम्म ४१ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको हो ।

साउन महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको कुल निक्षेप ४१ खर्ब ५८ अर्ब रुपैयाँ, दोस्रो सातामा ४१ खर्ब ५३ अर्ब र तेस्रो सातामा ४१ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको हो ।

एक सातामा वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले घटेको हो भने कर्जा प्रवाह १६ अर्बले बढेको छ । साउन १५ सम्म ४१ खर्ब ५३ अर्ब रूपैयाँ रहेको निक्षेप २२ गतेसम्म ४१ खर्ब ४० अर्बमा ओर्लिएको छ ।

यस्तै एक साता अघिसम्म कुल ३७ खर्ब १६ अर्बको कर्जा प्रवाह भएकामा २२ गतेसम्म बढेर ३७ खर्ब ३२ अर्ब पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here