‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन, मूल बाटोबाट फेरि आउँछु’

काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू असाधारण जनमतका साथ मूल बाटोबाट सरकारमा आउने बताएका हुन् । ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएका हुन्,’ उनले भने ।

विभिन्न राजनीतिक दलका कुण्ठा, जलन र ईर्ष्याबाट प्रधानमन्त्री बनेको नभई जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएको पनि बताए ।

‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’ उनले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका बीच पनि दुई पटक प्रधानमन्त्री बनेको बताए ।

ओलीले गठबन्धनका सत्तारुढ दलका नेताहरु धन्यवाद र बधाई खाँदैमा गएको आरोप लगाएका छन्। ‘सत्ता पक्षका मित्रहरु असाध्यै हैसिनुभएको छ। दशैं आएजसरी केटाकेटी आगजनमा नाचे जस्तै नाच्दै ठिक भएको छ,’ अध्यक्ष ओलीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here