फ्रि वाइफाइको चक्करमा ह्याक हुनसक्छ तपाईंको स्मार्टफोन

काठमाडौं । मोबाइलमा रहेको वाइफाइ खोल्दा लक नभएका फ्रि वाइफाइ धेरै मात्रामा देखिन्छ । फ्रि वाइफाइ देख्दा हामीमध्ये धेरैको बानी त्यसमा क्लिक गर्ने र कनेक्ट गर्ने हुन्छ । तर, यसो गर्दा स्मार्टफोन ह्याक हुने सम्भावना बढी हुन्छ ।

कतिपय फ्रि वाइफाइ ह्याकहरुको जालो हुने तथ्यहरु बाहिर निस्किएका छन् । यसरी कनेक्ट गरिएका वाइफाइबाट स्मार्टफोन ह्याक हुने सम्भावना धेरै हुनेगर्दछ । त्यसकारण ह्याक हनबाट बच्दै फ्रि वाइफाइको प्रयोग गर्नको लागि यसो गर्नुहोस् ।

ह्याकर बाट बच्न यसो गर्नुस्

ह्याकरहरु बाट बच्न को लागी, स्मार्टफोन को सेटिंग्समा जानुहोस् र कनेक्टिङमा क्लिक गर्नुहोस् ।

अब वाइफाइ मा ट्याप गर्नुहोस् । अब यसको भित्र तीन बिन्दुहरुमा क्लिक गर्नुहोस् । साथै, सेटिंग्समा क्लिक गर्नुहोस् र एड्भान्समा जानुहोस् ।

एड्भान्समा क्लिक गरेसंगै त्यहाँ विभिन्न विकल्पहरु देखिन्छ । जसमा तपाईंले डिटेक्ट सस्पीसियोस् नेटवर्क अन गर्नुपर्छ ।

आफ्नो फोनमा कुनैपनि वाइफाइ जोड्नुभन्दा पहिले सधैं सेटिङ खुला राख्नुपर्छ ।

फ्रि वाइफाइ किन नचलाउने ?

सार्वजनिक स्थानमा रहेका फ्रि वाइफाइ वा सार्वजनिक वाइफाइ को उपयोग नगर्नु हुँदैन् । साइकर क्राइमका धेरै घटना सार्वजनिक वाइफाइबाट नै हुने गरेको छ । ह्याकरहरु सजिलै संग सार्वजनिक वाइफाइको माध्यम बाट तपाइँको स्मार्टफोन को उपयोग गर्न सक्छन् ।

यसको अलवा अनलाइन लेनदेनका कार्यहरु फ्रि वाइफाइबाट कहिल्यै गर्नुहुन्न । किनभने तपाईंका व्यक्तिगत सूचना र पासवर्डहरु सार्वजनिक हुन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here