बिहीबारबाट राति ८ बजेपछि उपत्यकामा सवारीसाधन चलाउन नपाइने

काठमाडौं, २५ साउन । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।

बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो ।

अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने व्यवस्था रहेको छ । थपिएको निषेधाज्ञा भदौ ८ गतेसम्म जारी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here