मानुषी लघुवित्तको आइपीओ खुल्यो, कति भर्ने ?

काठमाडौं,२७ साउन । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ आजबाट खुला भएको छ । कम्पनीले सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।

कम्पनीले ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने भएको छ । आईपीओ छिटोमा साउन ३१ गते सम्म विक्रीमा राखिएको छ ।

सो समय भित्र विक्री नभएको अवस्थामा भने भदौ ९ गते सम्म लम्बिने छ । अहिले कम्पनीको चुक्ता पूँजी रू. ७ करोड रहेकोमा आईपीओ निष्कासन पछि १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । आईपीओ विक्री प्रबन्धक नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड तोकिएको छ ।

विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिने बताइएको छ । मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here