लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका हुन्।

आज प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुँदै थियो। मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए। विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

पोखरेलको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै थिए।