टिकटकमा पनि स्टोरी राख्ने सुविधा थप

काठमाडौं । भिडियो सेयरिङ सामाजिक सञ्जाल टिकटकले स्टोरी राख्न मिल्ने नयाँ फिचर ल्याएको छ ।

यो नयाँ फिचरलाई सामान्य रूपमा ‘टिकटक स्टोरिज’ नाम दिइएको छ । म्याट नाभराले ट्विट गर्दै यो फिचरको बारेका बताएका थिए । टिकटकका प्रवक्ताले समेत यस कुरालाई पुष्टि गरिसकेका छन् ।

इन्स्टाग्राम र स्नापच्याट लगायतका अन्य एपमा रहेका स्टोरी जस्तै टिकटकमा राखेको स्टोरी २४ घन्टामा आफैँ डिलिट हुन्छ । नयाँ फिचरलाई टिकटकले फ्यानसँग अन्तरक्रिया गर्ने नयाँ तरिका भनेर व्याख्या गरेको छ । इन्स्टाग्राम र अन्य प्लेटफर्ममा जस्तै गरी प्रोफाइलमा ट्याप गरेर स्टोरी राख्न सकिन्छ ।

प्रयोगकर्ताले क्रिएट बटनमा ट्याप गरेर नयाँ स्टोरी बनाउन सक्छन् । त्यसमा क्याप्सन, म्युजिक र टेक्स्ट पनि राख्न मिल्छ । हालै थप भएको साइडबारको माथि फलो गरिएका अकाउन्टबाट राखिएको स्टोरी हेर्न सकिनेछ । साथै अन्य प्रयोगकर्ताले स्टोरीमा रिएक्ट तथा कमेन्ट समेत गर्न सक्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here