‘सरकारले मबाट ठूलो अपेक्षा राखेको छ, मेरो जीवनमा योभन्दा ठूलो चुनौती अरु छैन’

काठमाडौं, २७ साउन । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले व्यक्तिगत जीवनमा ठूलो चुनौती स्वीकारदै दोस्रो इनिङ सम्हाल्न आएको बताएका छन् ।

पदबहालीपछि प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै घिसिङले सरकारले मबाट ठूलो अपेक्षा राखेर मलाई नियुक्त गरेकले मेरोलागि ठूलो चुनौती भएको बताएका हुन् ।

आफ्नो दोस्रो कार्यकाल निकै चुनौतीपूर्ण हुने भन्दै सरकार र सर्वसाधारणको विश्वास कै कारण जीवनकै सबैभन्दा ठूलो चुनौती लिएको प्रतिक्रिया दिए । प्राधिकारणमा दोस्रो कार्यकालमा आउनुपर्छ भन्ने आफूलाई नभएपनि जनअपेक्षाअनुसार आफू पुनः आएको उनले बताए।

‘हिजोको टिमका रहेका साथीहरु रिटायर्ड भएका छन्। तर, तल्लो तहमा धेरै प्रतिभावान युवा साथीहरु हुनुहुन्छ। उहाँहरुसँग मिलेर राम्रो रिजल्ट दिने छौं। प्राधिकरणको शिर उचो बनाउन सबै कर्मचारीको ठूलो हात छ। यसको श्रेय तपाईंहरुलाई नै दिन्छु,’ घिसिङले भने।

उनले प्राधिकरणमा आफूले कसैको आलोचना र टिका टिप्पणी गर्नेभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाए। सरकारको कार्ययोजनालाई साकार पार्न आफू प्रतिबद्ध भएर लाग्ने उनले बताए।

पदबहाली कार्यक्रममा प्राधिकरणमा क्रियाशील ट्रेड युनियन, कर्मचारीका साथै अन्यको उपस्थितिमा घिसिङलाई स्वागत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here