शाओमीले लन्च गर्यो ‘साइबरडग’ रोवोट, कुकुरले जस्तै काम गर्ने कम्पनीको दाबी

काठमाडौं । के तपाईँ कुकुर रोवोट पाल्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने, चिनियाँ टेक निर्माण कम्पनीले कुकुर रोवोट अर्थात ‘साइबरडग’ भर्खरै लन्च गरेको छ । कम्पनीले पहिलो चरणमा १००० वटा मात्रै ‘साइबरडग’ सार्वजनिक गरेको छ ।

‘साइबरडग’ शाआमीका प्रशंस, ईन्जिनियर र रोवोटमा रुचि राख्नेहरु को लागी उपलब्ध हुने बताईएको छ । यसको मूल्य ९,९९९ युआन अर्थात १ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

साइबरडगमा धेरै प्रकारको हार्डवेयर र सफ्टवेयर प्रयोग गरिएको छ । शाओमीका अनुसार साइबरडगले मानिसको आवाज अनुसार चल्ने र सामान्य कुकुरले जस्तै व्यवहार गर्नेछ । तर, यो भुक्छ वा भुक्दैन् भन्ने विषयमा भने शाओमीले कुनै जानकारी दिएको छैन् ।

कम्पनीका अनुसार यसको तौल ३ केजी हुनेछ ।

साइबरडगमा सुरक्षाको लागि धेरै प्रकारका आँखाहरु राखिएको छ । यसमा जडान भएको प्रविधिको सहयोगमा साइबरडगले मानिसको अनुहार पहिचान गर्नुका साथै वरपरको वातावरणको समेत विश्लेषण गर्न सक्ने कम्पनीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here