थप ३२६० जनामा कोरोना पुष्टी, २२९४ जना संक्रमण मुक्त

काठमाडौं, २८ साउन । पछिल्लो २४ घण्टामा देशभर ३२०६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ८०६ पीसीआर परीक्षणका क्रममा २४७३ र ४६५६ एन्टीजेन परीक्षणका क्रममा ७८७ जना गरी ३२६० जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २५हजार ७६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२९४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।

पछिल्लो २४ घण्टामा ३२जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here