मौद्रिक नीति अपरान्ह सवा चार बजे सार्वजनिक हुँदै, मर्जरमा सुविधा थपिने

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।

बैंकले आवश्यक पूर्वतयारीहरु पूरा गरी मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो। केही समयअघि मात्रै राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको थियो।

मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन्। स्रोतको अनुसार मौद्रिक नीतिले ऋण लगानीमा कडाइ गर्नेछ भने अधिकांस दरहरु यथावत राखिने छ। मर्जरमा केही सुविधाहरु थपिने छ।

सरकार परिवर्तन भएको र नयाँ सरकारले बजेट परिवर्तन गर्ने तथा सरकारको प्राथमिकता परिवर्तन हुने भएकोले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएको थियो ।

तर सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको र बजेट प्रतिस्थापन विधयेक तयार पारिसकेकोले राष्ट्र बैंकले सोहि अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीति आउँन ढिलाई हुने भएकोले राष्ट्र बैंकले यस अघि नै बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्न र साधारणसभा गर्नको लागि सर्कुलर मार्फत बाटो खुला गरिदिईसकेको छ ।

यसअघि राष्ट्र बैंकले साउनको पहिलो साता नै मौद्रिक नीति जारी गर्ने तयारी गरे पनि सरकार फेरिएको र अर्थ मन्त्रालयसँग परामर्श गर्नुपर्ने भएपछि ढिलाई भएको हो।

मौद्रिक नीति मार्फत् राष्ट्रबैंकले यसअघि मार्जिन लेन्डिङ्मा कडाइ गर्ने तयारी गरे पनि अहिले त्यसलाई नचलाउने भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार ब्याज दर, स्प्रेड दरलगायत महत्वपूर्ण विषयलाई मौद्रिक नीतिमा खासै फेरबदल गरिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here