सानिमा लाइफको आइपीओ बाँडफाँड कहिले ?

काठमाडौं, २९ साउन । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आइपीओ) शनिबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि शनिबार सानिमा लाइफको दरमार्गस्थित कार्यालयमा बिहान ११ः०० बजेदेखि आइपीओ बाँडफाँड हुने भएको हो ।

इन्स्योरेन्सको आवेदनमा नयाँ कीर्तिमान बनेको छ । इन्स्यारेन्सको आइपीओमा अन्तिमदिन सम्ममा २४ लाख १९ हजार जनाले आवेदन दिएका छन् ।

यो नै अहिलेसम्मको धेरै हो यसअघि युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा सार्वधिक आवेदन परेको थियो। यो आइपीओमा झन्डै पौन २२ लाख आवेदन परेको थियो ।

सानिमा लाइफले इन्स्योरेन्सले बुधबार साउन २० गतेदेखि आइतबार साउन २४ गते सम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here