अन्तरबैंक ब्याजदर यथावत्, रेमिट्यान्स बैंकमा जम्मा गरे १ प्रतिशत बढी ब्याज

फाइलफोटो

काठमाडौं, २९ साउन । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले उपयोग गर्ने अन्तरबैंक ब्याजदरलाई ५ प्रतिशतमा यथावत् राखिएको छ।

नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले शुक्रबारले चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत उक्त कुरा बताएका हुन् ।

माथिल्लो करिडोरमा रहेको स्थायित्वलाई ५ प्रतिशतमा रहेको जानकारी दिए

मौद्रिक नीति सार्वजनिक गर्दै तल्लो करिडोरलाई १ प्रतिशतबाट वृद्धि गरी २ प्रतिशत कायम गरिएको जानकारी दिए।

नीतिगत रुपमा रहेको रिपोलाई ३ दशमलव ५० प्रतिशत कायम गरिएको छ। ब्याजदर कारोबारलाई थप प्रभावकारी बनाइने उनले जानकारी दिए।

तरलता अनुपातमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने १०, ८ र ७ प्रतिशत कायम गरिएको जानकारी दिए। त्यस्तै रेमिट्यान्सलाई बैंकमा जम्मा गरे १ प्रतिशत बढी ब्याज पाइने भएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न पाउने भएका छन् । राष्ट्र बैंकले सीसीडी रेसियो ८५ बाट ९० प्रतिशत बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here