थप ३९१५ जनामा कोरोना पुष्टी, २७ जना संक्रमितको निधन

काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टामा देशभर ३९१५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ७०८ पीसीआर परीक्षणका क्रममा २७६३ र ६८७४ एन्टीजेन परीक्षणका क्रममा ११५२ जना गरी ३९१५ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २११८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४९५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ ।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here