हाइड्रोका तीन कम्पनीमा नेगेटिभ सर्किट

फाइलफोटो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज हाइड्रो पावरका कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । केही दिनयता पोजेटिभ सर्किट लाग्दै आएको जलविद्युतका तीन कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

आइतबार १२ः५० बजेसम्म रिडी हाइड्रोपावर, पाचथर पावर र हिमालयन पावर पार्टनरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । रिडी हाइड्रोपावर र पाचथर पावरको शेयर मूल्य १० प्रतिशत घट्यो भने हिमालयन पावर पार्टनरको शेयर मूल्य ९.९९ प्रतिशत घटेको छ ।

अहिलेसम्म नेप्से परिसूचक ४८.३५ अंकले घटेर ३१३०.५६ अंकमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here