कारोबारको दुई घण्टा: शेयर बजारको पहिरो, कारोबारमा उछाल

काठमाडौं, ३१ साउन । सातको कारोबारको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको बजार कारोबारको दुई घण्टा १ बजे सम्ममा ६२.८३ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार यो सँगै परिसूचक ३११६.८ को बिन्दुमा पुगेको छ ।

आइतबार कारोबारमा आएका २१८ कम्पनीको २ करोड १२ लाख ६७ हजार ८६३ कित्ता शेयर १ लाख १२ हजार ६६९ पटक खरिद बिक्री हुदाँ १३ अर्ब १३ करोड ५१ लाख ३६ हजार ५५६ रुपैंया बराबरको कारोबार भएको छ ।

शुक्रबार नेपाल राष्ट बैंकले ल्याएको मौद्रिक नीतिको प्रभाव शेयर बजारमा देखिएको हो । राष्ट बैंकले शेयर बजारलाई प्रत्यक्ष असर पर्ने सेयर धितो कर्जाको मूल्यांकनमा कुनै फेरबदल नगरे पनि कर्जाको सीमा तोक्दा बजारमा प्रभाव देखिएको छ ।

यसअघि जलविद्युत्, विकास बैंक र फाइनान्स कम्पनीहरुले हकप्रद ल्याउन पाउने हल्लाले उचालिएको बजार मौद्रिक नीतिमा त्यस्तो व्यवस्था नआएपछि उच्च अंकले गिरावट आएको अनुमान गरिएको छ ।

ठूला लगानीकर्ताले धमाधम शेयर बेच्दा कारोबारमा उछाल आएको अनुमान गरिएको छ । यस्तै, बजार घट्न थालेपछि लगानीकर्ता आँत्तिएर सस्तोमा शेयर बेच्दा र मौकामा शेयर उठाउने पनि उत्तिकै हुँदा कारोबार ह्वात्तै बढेको आकलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here