गोरखामा भदौ १० गतेसम्म थपियो निषेधाज्ञा

गोरखा । जिल्लामा आगामी भदौ १० गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा हुने भएको छ । आज बसेको जिल्ला स्तरीय कोभिड ब्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले भदौ १ गते राति १२ वजेदेखि लागू हुने गरि लकडाउन गर्ने निर्णय गरेको हो ।

डिसिसिएमसीका एक सदस्यका अनुसार जारि लकडाउनमा जिल्ला भर यातायात, बजार, बैंक तथा बित्तिय संस्था, सेवाग्राहीको चाप धेरै हुने जिल्ला प्रशासन, नापी, मालपोत लगायतका कार्यालयको सेवा बन्द गर्ने निर्णय भएको छ ।

बैठकले खाद्यान्न, तरकारी जस्ता दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसल केही समय खोल्ने र अत्यावश्यक सेवा एम्बुलेन्स चल्न दिने निर्णय गरेको छ । निजी तथा भाडाका सवारी साधनपनि चल्न पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here