थप २२१२ जनामा कोरोना पुष्टी, ३३ जना संक्रमितको निधन

काठमाडौं, ३१ साउन । पछिल्लो २४ घण्टामा देशभर २२१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ८८ पीसीआर परीक्षणका क्रममा १७९३ र ४०१८ एन्टीजेन परीक्षणका क्रममा ४१९ जना गरी २२१२ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३२ हजार २७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८६७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६८२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार २९८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here