ङादी ग्रुप पावरको लाभांश घोषणा, २ सय प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं, ३१ साउन । ङादी ग्रुप पावर लिमिटेडले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको आइतबार सम्पन्न संचालक समिति आर्थिक वर्ष ७७/ ७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

समितिको बैठकले मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुँजीको १:२ को अनुपातमा हुन आउने २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here