टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप, प्रमुख १० मा कुन कुन ?

काठमाडौं । सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने एपको पहिलो स्थानमा चिनियाँ भिडियो शेयरिङ एप टिकटक पुगेको छ ।

अन्तरष्ट्रिय डिजिटल एनालिटिक्स कम्पनी एप एन्नीले सार्वजनिक गरेको सन् २०२० को रिपोर्ट अनुसार टिकटक सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको हो । सयअघि सबैभन्दा धेरै डाउनलोड हुने एप फेसबुक मेसेन्जर रहेको थियो । या वर्ष फेसबुक मेसेन्जर खस्किएर पाँचौँ स्थानमा पुगेको छ ।

प्रमुख पाँच स्थानमा रहेका अन्य सबै एप फेसबुक अन्र्तगतका छन् । सन् २०२० मा सर्वाधिक डाउनलोड भएका टपफाइभ मोबाइल एपमध्ये अन्य चारवटा फेसबुक मातहतकै एप रहेका छन् ।

सर्वाधिक डाउनलोड भएका प्रमुख १० एपहरु

१. टिकटक
२. फेसबुक
३. ह्वाट्सएप
४. इन्स्टाग्राम
५. फेसबुक मेसेन्जर
६. स्नापच्याट
७. टेलिग्राम
८. लाइकी
९. पिन्टेरेस्ट
१०. ट्वीटर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here