शेयर बजार : ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, १६ अर्बको कारोबार

काठमाडौं, ३२ साउन । साताको दोस्रो कारोबार दिन आज शेयर बजार बढेको छ । सोमबार नेप्से परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ अंकमा पुगेको हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सोमबार इन्डेक्स ३.५६ अंकले बढेर ५९२.९३ अंकमा पुगेको छ ।

सोमबार फाइनान्स, लाइफ इन्स्योरेन्स, होटल तथा टुरिजम, निर्जीवन बीमा, बैकिङ्ग र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो ।

सबैभन्दा धेरै फाइनान्स समुहको सूचक ०.९७ प्रतिशत घट्यो । त्यस्तै, जीवन बीमाको ०.९६ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक बढ्यो । कम्पनीको सूचक २.२८ प्रतिशत बढ्यो । त्यस्तै, इन्भेष्टमेन्ट समुहको २.२५ प्रतिशत, ट्रेडिङ समुहको १.६९ प्रतिशत बढ्यो ।

आज कारोबार रकममा भने कमी आएको छ । आइतबार २१ अर्बको शेयर कारोबार भएकोमा आज २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोडको कारोबार भयो ।

सोमबार ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमध्ये जीवन विकास लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रो, कर्पोरेट विकास बैंक। रिडी जलविद्युत र खानीखोला जलविद्युतको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, रुरु जलविद्युतको ९.४४ प्रतिशत र हिकालयन उर्जा विकास बैंकको ९.१४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एफसीएफसी फाइनान्सका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ६.२७ प्रतिशत घट्यो । त्यस्तै, माउण्टेन इनर्जीको ५.३३ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोपावर कम्पनीले गर्यो । आज कम्पनीले ७४ करोडको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here