प्राधिकरणमा कुलमानको नियुक्ति विरुद्ध सर्वोच्च पुगे शाक्य

काठमाडौं, ३२ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यसका साथै शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न समेत अन्तरिम आदेशको माग गरेका छन् ।

यसअघि शाक्यकै सहमतिमा कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको सरकारले दावी गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here