यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चको मान्यता

काठमाडौं, ३२ साउन । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालको विवादमा अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई मान्यता दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

यससँगै अब यादव पक्षले सर्वोच्चबाट पनि जसपाको आधिकारिक पक्षका रुपमा मान्यता पाएको छ ।

‘निर्वाचन आयोगले गरेको निर्णय कानून बमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषयमा समेत अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपुरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन,’ आदेशमा उल्लेख छ।

यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर साउन १५ मा सर्वोच्च पुगेका थिए।

पार्टीको कार्यकारिणी समितिमा बहुमत पुगेपछि निर्वाचन आयोगले यादव समूहलाई साउन ११ गते पार्टीको आधिकारिकता दिएको थियो।

निर्वाचन आयोगमा भएको सनाखतमा यादव समूहमा ३४ र ठाकुर समूहमा जम्मा १६ जना कार्यकारिणी सदस्य उभिएका थिए। एकजना रेशम चौधरी भने तटस्थ बसेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here