शेयर बजार : १६ कम्पनीका लगानीकर्ता मालामाल हुँदा १८ अर्बको कारोबार

काठमाडौं, १ भदौ । साताको तेस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३१ अंकमा पुगेको हो ।

मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ०.३५ अंकले घटेर ५९३.२८ अंकमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, लघुवित्त र इन्भेष्टमेन्ट बाहेक अन्य सबै समुह घट्यो । सबैभन्दा धेरै फाइनान्स समुहको ५.१७ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्स समुहको ४.८८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै अन्य समुहको सूचक १.७१ प्रतिशत घट्यो । त्यस्तै, ट्रेडिङ समुहको १.५३ प्रतिशत घट्या ।

मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोडको कारोबार भयो ।

आज १६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा जीवन विकास लघुवित्त, गोर्खाज फाइनान्स, फस्ट माइक्रो फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखु खोला जलविद्युत, जोशी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रो, हिमाल दोलखा, माउण्टेन इनर्जी, रुरु जलविद्युत, सिइडिबी हाइड्रोवारको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै, रिडी हाइड्रोपावरको ९.९९ प्रतिशत, खानीखोला हाइड्रोपावर र नेशनल हाइड्रोपावरको ९.९८ प्रतिशत र आसएसडिसी लघुवित्तको ९.८१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै एनआइविएल प्रगति फण्डको शेयर घट्यो । कम्पनीको शेयर मूल्य ३.८६ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार अपी पावर कम्पनीले गर्यो । कम्पनीले ८६ करोड ३८ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here