कैलालीका हावाहुरी पीडितलाई जनता बैंकको आर्थिक सहयोग

काठमाडौं ६, असार । जनता बैंकले कैलालीका हावाहुरी पीडितलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत जेठ २३ मा कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीले ठूलो क्षती पुरयाएको थियो ।

धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’ लाई बैंकको तर्फबाट डेढ लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको हो ।

सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरेका छन् ।

उक्त रकम पीडितहरुको पुनःस्थापनाको क्षेत्रममा खर्च गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here