थप ३२७४ जनामा कोरोना पुष्टी, २७ जना संक्रमितको निधन

काठमाडौं, १ भदौं । पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ६६५ पीसीआर परीक्षणका क्रममा २४५६ र ६१२६ एन्टीजेन परीक्षणका क्रममा ८१८ जना गरी ३२७४ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३७ हजार ९९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here