रुरु जलविद्युतको लाभांश घोषणा

काठमाडौं, २ साउन । रुरु जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंगलबार बसेको बैठकले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here