३२०० बिन्दुमाथी शेयर बजार, ९ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २ भदौ । बुधबार १ः३० मिनेट जालाँ शेयर बजारले ३२०० को बिन्दु पार गरेको छ । अहिलेसम्म नेप्से परिसूचक ३९.७५ अंकले बढेर ३२००.०७ अंकमा पुगेको छ ।

अहिलेसम्म २२४ कम्पनीको शेयर किनबेच हुँदा १३ अर्ब माथीको कारोबार भईसकेको छ ।

यस बिचमा ९ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमध्ये, जीवन विकास लघुवित्त, गुडवेल फाइनान्स, लुम्बीनी विकास बैंक, अरुण भ्याली हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रो, अरुण काबेली पावर र शिभम् सिमेन्टको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै, आँखुखोला जलविद्युतको ९.९८ प्रतिशत र महालक्ष्मी विकास बैंकको ९.८१ प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here