नेप्सेले सर्वाधिक विन्दुको रेकर्ड बनाउँदा यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, २ भदौं । शेयर बजारमा तीव्र उतरचढाव आएको छ ।

तीव्र उतरचढावकोबीच बजारले नयाँ कीर्तिमान बनाएको छ । फाइनान्स र विकास बैंकको शेयर मूल्यमा उछाल आउँदा नेप्से सर्वाधिक विन्दुमा पुगेको हो ।

नेप्सले ३१९८ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्से ३१९० विन्दु माथि पुगेको इतिहासमै पहिलोपटक हो । यसअघि साउन २८ गते इतिहासकै उच्च ३१७८ विन्दुको रेकर्ड बनाएको छ ।

नयाँ रेकर्ड बनाएको दिन नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । नेशनल ७८ करोड ८७ लाख ३ हजार ५२० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा अपी पावरको शेयर परेको छ । अपीको ६३ करोड ४६ लाख ७१ हजार ९२४ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

लुम्बिनी विकास बैंकको शेयर तेस्रो स्थानमा रहेको छ । लुम्बिनीको ५९ करोड ७६ लाख ९३ हजार ९९७ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा महालक्ष्मी विकास बैंकको शेयर परेको छ । महालक्ष्मीको ५७ करोड ६९ लाख १९ हजार ५७६ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा ज्योती विकास बैंकको शेयर रहेको छ । ज्योतीको ५६ करोड १५ लाख ४४ हजार ८९४ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here