नेपालको नेतृत्वमा ‘एमाले समाजवादी’, चुनाव चिन्ह ‘खुला किताब’

काठमाडौं, २ भदौं । नेकपा (एमाले) विभाजन भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजन भएको हो ।

ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

कम्युनिष्ट आन्दोलनमा लागेदेखि संस्थापन पक्षमा रहँदै आएका नेपालले पहिलाे पटक संस्थापनका बिरुद्ध विद्राेह गरेका हुन्।

‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । नेपाल समूहको पार्टी दर्ता भएपछि सरकारमा जाने तयारीमा छ।

पार्टी विभाजनका लागि तेस्रो तहका नेताहरुले नेता नेपाललाई साथ दिएको भए पनि दोस्रो तहका नेताहरु एकताको पक्षमा उभिएका छन्।

एकताको माहोल बनाइरहेको बेलामा अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदलाई पदमुक्त गरेपछि विवाद मिल्ने अवस्था टरेको हो। २०५४ सालमा विभाजित भएको एमाले ०५६ मा एक भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here