मानुषी लघुवित्तको आइपीओ बाँडफाँड कहिले ?

काठमाडौं, २ भदौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर(आइपीओ) यसै साता बाँडफाँड हुने भएको छ ।

आवेदकहरुको डाटा भेरिफिकेसनको काम अन्तिम चरणमा रहेकाले बाँडफाँड गर्ने दिन नै निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।

विहीबार ‘प्रि अलटमेन्ट’ गर्ने तयारी थालेकोले उक्त कार्यक्रम सम्पन्न गर्न सकेमा यसै साता आइपीओ बाँडफाँड गरिने कम्पनीको शेयर विक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङले जनाएको छ ।

अलटमेन्टको काम सकिए पछि नेपाल धितोपत्र बोर्डमा जानकारी गराइने र बोर्डको अनुमती प्राप्तिपछी आइपीओ बाँडफाँड हुनेछ ।

लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

लघुवित्तको आइपीओमा मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here