बेलकोटगढी नगरपालिका-५ मा पहिरोले पुरिएर एकजनाको मृत्यु

फाइलफोटो

नुवाकोट, ३ भदौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा विहीबार बिहान एकजनाको निधन भएको छ।

घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार आज बिहान २ः३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here