शेयर बजार राताम्मै, हाइड्रोका तीन कम्पनीमा नेगेटिभ सर्किट

काठमाडौं, ३ भदौ । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १८.१३ अंकले घटेर ३१८०.८९ अंकमा झरेको छ ।

बिहीबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ८.०१ अंकले घटेर ५९०.४७ अंकमा झरेको छ ।

आज र्निजीवन बीमा, जीवन बीमा, अन्य, लघुवित्त र ट्रेडिङ बाहेक अन्य सबै समुह घट्यो । सबैभन्दा धेरै र्निजीवन बीमा ३.२० प्रतिशत बढेको छ । त्यस्तै जीवन बीमाको सूचक २.६४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै इन्भेष्टमेन्ट समुहको सूचक ४ प्रतिशत घट्यो । त्यस्तै, हाइड्रोपावरको ३.१८ प्रतिशत, विकास बैंकको २.८४ प्रतिशत घट्यो ।

बुधबारको तुलनामा आज कारोबार रकममा पनि कमी आएको छ । आज २२९ कम्पनीको ३ करोड ८ लाख ६० हजार ३१९ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ४३ करोड रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै कमाउनेमा जीवन विकास लघुवित्त वित्तीय संस्थाका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

बिहीबार जलविद्युतका ३ कम्पनीको शेयर मूल्य १० प्रतिशत घट्यो । १० प्रतिशत घट्नेमा हाइड्रोइलेक्ट्रिसिटी विकास कम्पनी, खानीखोला हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रो रहेका छन् ।

आज सबैभन्दा धेरै कारोबार अरुण काबेली पावरले गर्यो । कम्पनीले १ अर्ब १६ करोड ७८ लाखको कारोबार गर्यो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरले १ अर्ब १६ करोड ५५ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here