जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्न काठमाडौं प्रशासनको अनुरोध

काठमाडौं, ३ भदौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा लगायतका पर्व मनाउँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सांकेतिक तवरले मनाउन अनुरोध गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिहीबार एक सूचना जारी गर्दै कोभिड १९ को संक्रमण तथा जोखिम दर उच्च रहेकोले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा साङ्केतिक रूपमा मनाउन आम सर्वसाधारणमा आग्रह गरेका हुन् ।

सूचनामा त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्दा वा सहभागी हुँदा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रूपमा साङ्केतिक तवरले मनाउन र भिडभाड नगर्न नगराउन भनिएको छ । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको आदेश यथावत् रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here