थप ३०७५ जनामा कोरोना पुष्टी, २१२६ जना संक्रमण मुक्त

काठमाडौं, ३ भदौं । पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा २३२१ र ४४९२ एन्टीजेन परीक्षणमा ७५४ जना गरी कुल ३०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१२६जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here