नबिल र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

काठमाडौं, ३ भदौं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत Letters of Credit, Document against Payment (DAP), Document Against Acceptance (DAA), Local Bank Guarantee आदि सुविधा उपभोग गर्न सक्नेछन्।

यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकका ग्राहकले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन्। यसका साथै यस सम्झौतापश्चात दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सहवित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबारसमेत अगाडि बढाउने लक्ष्य राखिएको छ।

यस साझेदारीका बारेमा नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘नबिल बैंकले यस सहकार्यका माध्यमबाट मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विस्तारित बैंकिङ सुविधा प्रदान गर्न पाउँदा खुसी छौँ। यस व्यापार सम्झौताअन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउँदा नबिल बैंक उत्साहित छ र दुवै बैंकका ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवासुविधा प्रदान गर्नका लागि नबिल बैंक तत्पर छ।’

नबिल बैंकसँग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकले आउँदा दिनमा प्रतितपत्र, बैंक जमानत, डिमान्ड ड्राफ्टलगायतका वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरण मुक्तिनाथ विकास बैंकका शाखाहरुबाट नै प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकलाई समग्र बैंकिङ सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here