काठमाडौं, ३ भदौं आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा दुईदिन दिनको दुईघण्टा बन्द हुने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडको सूचना निकाल्दै डेटा सेन्टर अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागेको जनाकारी दिएको हो ।
शुक्रबार र आईतबार साँझ ५ बजेदेखि ७ बजेसम्म कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ ।
नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त संस्था हो । जसले कनेक्ट आईपीएस, कर्पोरेट पे लगायतका सिस्टम सञ्चालन गर्दै आएको छ ।