एमाले फुटाएपछि माधव पक्षलाई धमाधम नियुक्ति, रेल्वे कम्पनीको जिम्मेवारीमा निरञ्जन झा

काठमाडौं, ४ भदौं । माधव कुमार नेपालले एमाले फुटाएसँगै सरकारले उनको नाममा छुट्याएका स्थानमा नियुक्तिहरु गर्न थालेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्न नेपालले नै निर्णायक भूमिका खेलेका हुन् ।

नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएको छ । सोही दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा समेत एमाले समाजवादीकै नेतालाई नियुक्ति दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको छ ।

उनी सप्तरीको सदरमुकाम राजविराज नगरपालिका निवासी हुन् । केपी शर्मा ओली नेतृत्वमा भने यो पदमा गुरु भट्टराई नियुक्त थिए । सरकारले उनीसँगै स्पष्टिकरण सोधेपछि राजिनामा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here