नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाइकल चलाउने नियन्त्रणमा

काठमाडौं, ४ भदौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने १ जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चालकसहित नियन्त्रणमा लिएको हो ।

प्रदेश ०२-०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाइकल सवार गरिरहेको अवस्थामा नयाँ बसपार्क, गंगबुबाट चालकसहित नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका – २, बोदल घर भई हाल दक्षिणढोका काठमाण्डौ बस्ने वर्ष २२ को तेज थापा मगर रहेको महाशाखाले जनाएको छ ।

अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२- ०१० प ९४४६ खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल १० दिन अगाडीमात्र काठमाडौं पेप्सीकोलाबाट हराएको हुँदा खोजतलास गरी पाउँ भनी निवेदन दिएका थिए ।

काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका- ३ घर भई हाल काठमाडौं मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँबानेश्‍वर पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here