कोरोना संक्रमणबाट कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, ५ भदौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमणबाट थापाको निधन भएको हो।

शनिबार विहान ४:४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । एक महिनाअघि कोरोना संक्रमण भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो। उनको ६४ वर्षको उमेरमा निधन भएको हो।

कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। थापाकी श्रीमती, एक छोरो र एक छोरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here