अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्र र निर्यातको योगदानमा नेपाल सार्क क्षेत्रमै कमजोर

काठमाडौं, ५ साउन । दक्षिण एसियाली मुलुकहरूसँग तुलना गर्दा नेपालको अर्थतन्त्रमा औद्योगिक क्षेत्र र निर्यातको योगदान अत्यन्त कमजोर देखिएको छ ।

नेपालमा औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदा रहँदै पनि उत्पादनमूलक उद्योगको योगदान बृद्धि हुन सकेन ।

रोजगारीको अवसर सृजना गर्न नसक्दा गरिबी न्यूनीकरण र निर्यातमा आशातित उपलब्धि हासिल गर्न नसकेको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार सार्क क्षेत्रमध्ये अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान पुर्याउनमा सबैभन्दा अगाडि पाकिस्तान अगाडि देखिएको छ ।

पाकिस्तानमा अर्थतन्त्रमा उद्योग क्षेत्रले ४० प्रतिशत योगदान पुर्याएका छन् । जसमा ३५ प्रतिशत उत्पादन मूलकर ५ प्रतिशत भ्यालुएड रहेको छ । दोस्रोमा बंगलादेश र श्रीलंका रहेका छन् जसमा ३० प्रतिशत योगदान रहेको छ ।

भुटानमा ३८ र भारतमा १७ प्रतिशत रहेको छ । नेपालमा भने ५.१ प्रतिशत रहको छ । नेपालमा आर्थिक वर्ष२०५६/०५७ मा उद्योग क्षेत्रको उत्पादनमूलक उद्योगको योगदान १५ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०७७/०७८ मा आइपुग्दा भारी गिरावट आई ५.१ प्रतिशतमा खुम्चिएको छ ।

यसैगरी कुल ग्राहस्थ उत्पादनमा उद्योगको क्षेत्रको योगदान घटेर १३.८ प्रतिशतमा सीमित रहेको छ । आर्थिक वर्ष २०५६/०५७ मा यस्तो योगदान १६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०५६/०५७ मा निर्यात योगदान १३ प्रतिशत रहेकोमा गत आर्थिक वर्षसम्म भने घटेर ३.३ प्रतिशतमा झरेको छ । व्यापार भुक्तानी सन्तुलनको अनुपात दुई दशकअघि १ः२ः३५ रहेकोमा गत आर्थिक बर्षसम्मको तथ्याङ्कलाई हेर्दा १ः९.१६ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here