मानुषी लघुवित्तको आइपीओ सोमबार बिहान बाँडफाँड हुने, ९८ प्रतिशतको हात रित्तो

काठमाडौं, ६ भदौं । मानुषी लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर (आइपीओ) सोमबार आइपीओ बाँडफाँड गर्ने भएको छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले सोमबार बिहान साढे ८ बजे आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म सर्वसाधारणबाट आइपीओका लागि आवेदन लिएको थियो।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयरका लागि २४ लाखभन्दा बढीले आवेदन दिएका थिए।

गोला प्रथाबाट ३६ हजार ८ सय ५९ जनाले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन्। तीनजनाले थप एक कित्ता शेयर पाउने पनि बताइएको छ।

मागभन्दा बढी आवेदन परेकाले कुल आवेदकमध्ये ९८.४७ प्रतिशत आवेदक शेयर पाउनबाट वञ्चित हुनेछन्। आवेदकमध्ये १.९८ प्रतिशतले मात्र आइपीओ पाउनेछन्।

यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले मानुषीको आइपीओलाई ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ ।

यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ । केयरले गत चैत ३ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी चैत ३ गतेसम्म कायम रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here