मेलम्चीमा पानीको बहाव बढ्यो, इन्द्रावती नदीमाथिको दुई वटा उच्च जोखिममा

फाइलफोटो

काठमाडौं, ७ भदौं । आइतबार रातीदेखिको निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ।

असार १ गते वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ।

नदीमा अहिले पनि बाढी आइरहेको छ । फेरि पानी पर्न थालेकाले नदीमा पानीको सतह बढ्ने खतरा छ । बाढीले मेलम्ची र इन्द्रावती नदीमाथिको दुई वटा झोलुङ्गे पुल उच्च जोखिममा परेको छ ।

गएको असार १ गते र साउन १६ गतेको बाढीले मेलम्चीमा रहेको दुई वटा मोटरेबलपुल, एउटा झोलुङ्गे पुलसँगै रातो पुल बगाएको थियो ।

मेलम्चीमा अहिले तीन वटा झोलुङ्गे पुल छन् । तीन वटामध्ये दुई वटा पुल बाढीको जोखिममा परेको छ । बाढीमा परेर पाँच जनाको ज्यान गएको थियो भने २० जना अझै हराइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here