फ्याक्ट्रीमा काम गर्ने २१ वर्षे केटा कसरी बने यूरोपको सबैभन्दा ठूलो टिकटक स्टार

काठमाडौं । वर्तमान समय सामाजिक सञ्जालको हो । अहिले सबैजना कुनै न कुनै माध्यमबाट सामाजिक सञ्जालसंग जोडिएका छन् ।

सामाजिक सञ्जाल टिकटक पछिल्लो समय निकै चर्चित छ । केही देशमा प्रतिबन्ध लगाईए पनि टिकटकको प्रयोगकर्ता विश्वभरी नै छन् । २ विलियन भन्दा धेरै प्रयोगकर्ता रहेको टिकटकमा केही मानिस विश्वभर चर्चित छन् । साथै उनीहरुको फलोअर्स करोडौंमा छन्

तिनै विश्वभर चर्चित केही मानिसहरुमध्येका एक हुन् सेनेगलमा जन्मिएका २१ वर्षिय केटा ‘खाबी लामे’ (Khaby Lame) ।

यो खबर थाहा पाएसंगै सबैजना छक्क परेका छन्, किनकि टिकटकमा १० करोडभन्दा धेरै फलोअर्स भएका उनी कुनै अभिनेता, गायक संगितकार वा खेलाडी नभएर एक समान्य व्यक्ति हुन् जो पहिले एउटा कारखाना मा काम गर्थे ।

टिकटकमा तपाईंलेले पक्कै उनको भिडियो देखेको हुनुपर्छ । आज लामेले आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनका भिडियोहरु केहि मिनेटमै संसारभर भाइरल हुन्छन् । युरोपेली देशहरुमा मात्रै नभएर संसारभर साथै नेपालमा पनि केही मानिसले उनलाई फलो गरेका छन् ।

खाबी लामे कमेडी भिडियो बनाउँछ । उनको शैली अरुभन्दा बिल्कुल फरक छ र उनको विचार पनि बिल्कुल फरक छ । उनको यो विशेष र अनौठो शैलीले उनलाई सामाजिक सञ्जालको मेगा स्टार बनाएको छ ।

टिकटकको साथसाथै इन्स्टाग्राममा पनि उनका करोडौं फलोअर्स छन् । इन्स्टाग्राममा खाबीको ३६.३ मिलियन फलोअर्स रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here