थप १८०१ जनामा कोरोना पुष्टी, १९२४ जना संक्रमण मुक्त

काठमाडौं, ७ भदौं । पछिल्लो २४ घण्टामा देशभर १८०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षणमा १५४८ र २६२२ एन्टिजेन परीक्षणमा २५३ गरी १८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९२४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here