चन्द्रागिरि भेलालाई नेपालको सम्बोधन-‘ओलीले नयाँ जाल फ्याके, केही साथीहरू फस्नेछन्’

काठमाडौं, ८ भदौं । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले घोषणा पत्र र अन्तरिम विधान तयार पारेको छ ।

काठमाडौंको चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको केन्द्रीय सदस्य र सांसदको बैठकले पाटीले घोषणा पत्र र अन्तरिम विधान तयार पारेको हो ।

घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ ।

घोषणा पत्र र अन्तरिम विधान तयारको लागि चन्द्रागिरि रिसोर्टमा जम्मा भएका नेपाल पक्षीय केन्द्रीय सदस्यहरूलाई माधवकुमार नेपालले एमालेसँगको एकताको ढोका बन्द नहुने बताए ।

उनले एमालेका अध्यक्षले अपराध गरे भन्दैमा सबैले अपराध नगरेको र भोलिका दिन अन्य साथीहरू सच्चिएमा पार्टी एकता हुनसक्ने उनले बताए ।

‘अहिलेलाई यति भनौँ एकताको सबै ढोका खुला छन् तर ओली सच्चिनुपर्छ’, नेपालको भनाइलाई उद्धृत गर्दै त्यहाँबाट एक केन्द्रीय सदस्यले भने ।

नेपाल पक्षलाई बहुमत नपुगोस् भनेर ओलीले एमालेको पुरानो संरचना व्युँताउन लागेका हुन् । तर माधव नेपालले भने ओलीको दाउपेचमा नपर्न सबैलाई आग्रह गरेका छन् ।

‘ओलीले नयाँ जाल फ्याकेका हुन त्यसमा हाम्रा केही साथीहरू फस्नेछन्’, नेपालले चन्द्रागिरीको भेलालाई सम्बोधन गर्दै भनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here