मञ्जुश्री फाईनान्सले बिक्रिमा ल्याएको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ८ भदौं । मञ्जुश्री फाईनान्स लिमिटेडले साउन २१ गतेदेखि बिक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाले प्रति शेयर न्युनतम मूल्य ३ सय रुपैयाँ तोकेर १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर साउन १४ गतेदेखि बिक्रिमा ल्याएको हो ।

शेयर खरिदको लागि न्यूनतम १०० कित्ता र अधिकतम सबै शेयर संख्या माग गर्न सकिने कम्पनीले ब्यवस्था गरेको छ । साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १४ गते देखि मिति भाद्र ८ गते (आज) सम्ममा बोलकबोल पेश गर्न सक्नेछन् ।

शेयर बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । प्रति कित्ता आफुले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here