कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, ८ भदौं । संसदीय समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिसहित गराउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिसहित परीक्षा गराउन निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिइन् । विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने उनको तर्क थियो ।

कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here