जात्राको भिडभाडमा मौन प्रशासनले नेपाल समूह बसेका चन्द्रागिरि हिल्सलाई सोध्यो स्पष्टिकरण

काठमाडौं, ८ भदौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक जारी रहेकै बेला चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं जिल्ला प्रशासनले स्पष्टीकरण सोधेको छ ।

रिसोर्टमा सोमबार बेलुकादेखि निषेधाज्ञा उल्लंघन गरेर किन भिडभाड गराएको भन्दै रिसोर्ट प्रशासनसँग स्पष्टीकरण सोधेको हो । यता गृह मन्त्रालयले भने स्पष्टिकरण बारेमा आफूलाई कुनै पनि जानकारी नभएको बताएको छ।

पछिल्लो समयमा नेकपा एमालेबाट अलग भई नयाँ दल दर्ता प्रक्रियामा रहेका नेता नेपालले आफु पक्षका केन्द्रीय सदस्य र सांसदहरु दायाँबायाँ नहुन् भन्ने उदेश्यले उनीहरुलाई सोमबार रिसोर्टमा लगिएको हो ।

सोमबार साँझबाट चन्द्रागिरिमा माधव नेपाल पक्षको बैठक चलिरहेको छ। बैठकका करिब एक सय जना चन्द्रागिरि पुगेका छन्। चन्द्रागिरि हिल्स एण्ड रिसोर्टका सबै कोठा माधव नेपालले बुक गरेका छन्।

तर, हजारौंको सङ्ख्यामा पर्व मनाउने, र्‍याली तथा बिरोधका कार्यक्रम गरे पनि स्थानीय प्रशासन मौन रहँदै आएको छ। सोमबार नै गाइजात्रामा हजारौं भिड रहेको थियो ।

कोरोना महामारीका कारण हिजोआज स्थानीय प्रशासनले सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध लगाएको छ । तर प्रशासनिक नियमले यो साँस्कृतिक पर्वको रौनकलाई कम हुन दिएका छैन् । प्रशासनिक नियमलाई अटेरी गर्दै साँस्कृतिक पर्व भने मनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here